मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्
काठमाडौं ।गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय नजिकै स्वास्थ्यचौकी छ । त्यहाँ पुग्ने बाटो गतिलो नहुँदा मान्छे हिँड्नै समस्या हुन्थ्यो, एम्बुलेन्स गुड्ने त परको कुरा । बाटो बनाउनपर्यो भनेर स्थानीयले पटकपटक पालिका गुहारे । टेरपुच्छ लागेन । गत भदौ पहिलो हप्ता कसैले फेसबुकमा बाटोको बेहाल पोस्ट्याइदियो । प्रदेश सांसद प्रकाशचन्द्र दवाडी काठमाडौं थिए । ती तस्बिर उनीसम्म पुग्यो । आफूलाई खबर आएपछि दवाडीले स्थानीय युवालाई १० भदौमा फोन गरे । ‘जति खर्च लाग्छ गर्नू, त्यो बाटो बनाउनपर्यो,’ उनले फोनमा भने । त्यही दिन स्वास्थ्यचौकी पुग्ने बाटो एम्बुलेन्स गुड्न लायक बन्यो । खर्च २० हजार निस्कियो । तलबभत्ताबाटै २० हजार दिए । अहिले त्यो बाटो एम्बुलेन्स गुड्नलायक छ ।...