काठमडौं : नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले नेपालमा हिन्दु धर्म विरोधी गतिविधि बढ्नु र सरकार मौन रहनु ठूलो अनिष्टसँगै खतराको संकेत भएको बताएका छन्। उपाध्यायले आफ्नो फेसबुकमा लेख्दै बाहुन, क्षेत्री, हिन्दु, मठमन्दिर, हिन्दु धर्मावलम्बी जनता र हिन्दु पुजारीलाई लक्षित गरेर तथानाम बोल्ने, अपमानजनक अभिव्यक्ति दिनेहरुलेसामाजिक सद्भाव नबिथोल्न पनि आग्रह गरेका छन्।
‘हजारौँवर्ष देखि बहुल सनातनी हिन्दू समाज रहेको नेपालमा हिन्दू बिरोधी गतिबिधि बढ्दै जानु र सरकारहरू मौन रहनु ठूलै अनिष्ट र खतराको संकेत हो,’ उनले भनेका छन्, ‘बाहुन, क्षेत्री, हिन्दू मठमन्दिर, हिन्दू धर्मावलम्बी जनता र हिन्दू पुजारीलाई टार्गेट बनाउदै तथानाम बोल्ने, अपमानजनक अभिब्यक्ति दिनेहरूले सामाजिक सद्भाव नबिथोलियोस् भनेर आफूपनि संयमित होउन् र सरकारले पनि तिनलाई बेलैमा काबूमा राखून्।’

उनले नेपाली धर्मसहिष्णु मिलनसार समाज सही दिशामा नगएको पनि बताए। त्यस्तै अबको राजनीति उथलपुथल कुनै राजनीतिक सिद्धान्त वा दर्शन वा विकासको मुद्दाले नभई हिन्दुहरुको आत्मसुरक्षाको मुद्दामा प्रवेश गर्ने जमर्काे गरेको आभाष भएको पनि उनी बताउँछन्।‘अहिले मैले नेपाली धर्मसहिष्णू मिलनसार समाज सही दिशामा गइरहेको देखिरहेको छैन। अबको राजनीतिक उथलपुथल कुनै राजनीतिक सिद्दान्त वा दर्शन वा बिकासका मुद्दाले हैन हिन्दूहरूको आत्मसुरक्षाको मुद्दामा प्रवेश गर्ने जमर्को गरिरहेको आभाष मिल्दछ,’ सामाजिक सञ्जालमा सक्रिय उपाध्याय भन्छन्, ‘चेतावनीको भाषा बेलैमा नबुझ्दा यथार्थको सामना छिट्टै गर्नुपर्ने हुन सक्छ। मर्जी आफ्नो आफ्नो।’उनले नेपाल स्वर्ग रहेको भन्दै कुकुरलाई घ्यू नपच्ने अवस्था नआओस पनि भनेका छन्। ‘यस्तो आजसम्म स्वर्गजस्तो मिलनसार नेपालमा कही कुकुरलाई घिउ नपचोस्,’ उनले भने।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस