काठमाडौं – आज अक्टोबर १३ का दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ। खगोलविद्का अनुसार यो खगोलिय अध्ययनकर्ताहरुका लागि पनि दुलैभ घटना हो। आज मंगल, पृथ्वी र सूर्य सीधा रेखामा हुनेछन्।
यसको अर्थ यी तीनवटा ग्रह १८० डिग्री कोणमा रहनेछन्। यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिन्छ। तर राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।खगोलविद्का अनुसार यस्तो दुर्लभ घटना हरेक २ वर्ष २६ महिना मा हुन्छ। यसर्थ अब २०२२ डिसेम्बरयता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन्।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस