पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

प्रधानमन्त्री ओलीविरुद्ध सर्वाेच्च अदालतमा अवहेलनाकाे निवेदन पेश

     पानी पधेरो

मन्त्रिपरिषद पुनर्गठन गर्दै ओली, को आउट को ईन ?

काठमाडौं । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन पेस भएको छ ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यको उक्त निवेदन सर्वोच्च अदालतले समय अभावको कारण देखाई आइतबार दर्ता गरेन । अदालत प्रशासनले सोमबार निवेदन दर्ता नगरे कारण खुलाई अस्वीकृत गर्नुपर्नेछ ।

‘प्रधानमन्त्री पदमा आसीन खड्गप्रसाद शर्मा ओली’ भनी सम्बोधन गरिएको निवेदन दर्ता भए प्रधानमन्त्री ओलीले पदीय हैसियतमा मात्र नभई व्यक्तिगत रूपमा समेत मुद्दा सामना गर्नुपर्ने हुन सक्छ । निवेदनमा प्रधानमन्त्री ओलीले शुक्रबार ९माघ ९० कार्की ब्यांक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानुन व्यवसायीमाथि व्यंग्य गरेका थिए । ‘प्रतिनिधिसभा पुनःस्थापना गर्ने कुनै ठाउँ संविधानमा छैन । कुरा फिटेको फिट्यै छन् केही वकिलहरूले,’ उनले भनेका थिए, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिएको हो, बूढा मान्छेलाई रु’ उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

कानुन व्यवसायीलाई संविधान र कानुनले दिएको विशेषाधिकारको सबैले सम्मान गर्नुपर्ने निवेदनमा भनिएको छ । ‘त्यसमा पनि प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले अपमान गर्नु उहाँको पदीय मर्यादाविपरीत हुन्छ । उहाँले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अवहेलना भएकाले उहाँलाई अवहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध गर्दछु,’ निवेदनमा उल्लेख छ ।

सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिलाई झनै क्षम्य नहुने भन्दै निवेदनमा वरिष्ठ अधिवक्ता शर्माले आफू मुद्दाको कुनै पक्ष नभएर बसेको अवस्थामा समेत प्रधानमन्त्रीको बोली र व्यवहारले अवहेलना भएको महसुस गरेको उल्लेख गरेका छन् । निवेदनमा प्रधानमन्त्री ओलीलाई अदालतमा झिकाएर अवहेलनाको कारबाही चलाउन माग गरिएको छ । अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ ।

आरोप पुष्टि हुनुअघि नै क्षमा मागे अदालतले अवहेलनाको कारबाही स्थगन गर्न सक्छ । विघटनविरुद्धका निवेदनहरूमाथि सुनुवाइ चलिरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि यसबारे कुरा उठाएका थिए । उनले प्रधानमन्त्री ओलीको क्रियाकलापबाट खुलेआम अदालतको अवहेलना भएको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘बजारको कुरा सुनिसाध्ये नभएको’ भनी प्रतिक्रिया दिए । आफूहरू इजलासको कुरा मात्रै सुन्न बसेको उल्लेख गर्दै उनले भनेका थिए, ‘बजारको कुरा सुन्ने हो भने वर्तमानदेखि पूर्वप्रधानमन्त्रीहरूलाई समेत अदालतमा ल्याउनुपर्छ । त्यता नलाग्नुस्, बहसको मूल विषयमा प्रवेश गर्नुस् ।’ कान्तिपुर दैनिकमा खबर छ

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
प्रचण्डलाई ओलीको व्यंग्य : नेकपा छोरी बुहारी र भाइभतिजाको पार्टी होइन

केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक

February 24, 2021

यो पनी हेर्नुहोस

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
प्रमुख समाचार

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द
अर्थ वाणिज्य

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’
प्रमुख समाचार

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै
प्रमुख समाचार

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
Next Post
नेपाली भूमि अतिक्रमण गरी चीनले बनायो भवन

चीनले लगायो अघोषित नाकाबन्दी

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
  • कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट
  • के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?
  • नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?
  • केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न, फेस गर्नुहुन्छ : सूर्य थापा
  • प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित