पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

प्रधानमन्त्रीका निजी वकिल भन्छन् : एमसीसी पास गर्न संसद् विघटन गरिएको हो

     पानी पधेरो

श्रीलंकाले फिर्ता गर्याे एमसीसी, नेपालले के गर्ला ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीहरूले एमसीसी सम्झौता, नागरिकता र समानुपातिक प्रतिनिधित्वसम्बन्धी संवैधानिक व्यवस्था परिमार्जनका लागि प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन् ।

नयाँ निर्वाचनपछि संविधानमा रहेका नागरिकता र समानुपातिक प्रतिनिधित्वका व्यवस्था परिमार्जन तथा अमेरिकी सहयोग नियोगसँग गरिएको ९एमसीसी० सम्झौता पारित गर्नका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको उनका निजी वकिलहरूले दाबी गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा प्रधानमन्त्री ओलीको पक्षबाट बहस गर्न आएका वरिष्ठ अधिवक्ता विष्णु भट्टराई नयाँ निर्वाचन किन आवश्यक परेको हो र अहिलेको संसद्ले के गरेन भन्ने विषय राखेका थिए ।

ुप्रधानमन्त्रीले यस कारणले मैले प्रतिनिधिसभा विघटन गर्नुपर्‍यो भन्नुभएको हो । एमसीसी पारित गर्नुपर्ने कि नपर्ने भन्ने कुरामा प्रधानमन्त्रीजीले नेतृत्व गर्नुभएको १७४ सांसद भएको बहुमतको सरकारले एमसीसी पारित गर्नु पर्दैन रु पारित गर्नुपर्छ के त रु,ु विपक्षी दलहरूले समेत विरोध नगरेको एमसीसी सन्धि सत्तारुढ दलले कसको कारणले पारित नभएको भन्ने उनको प्रश्न थियो ।

प्रतिनिधिसभामा ६० प्रतिशत मात्रै प्रत्यक्ष निर्वाचित सांसद् रहेको र ४० प्रतिशत समानुपातिक रहेको भन्दै भट्टराईले त्यसलाई परिमार्जन गर्न पनि नयाँ प्रतिनिधिसभा चाहिएको बताए ।

ुप्रतिनिधिसभामा ६० प्रतिशत मात्रै जनताले चिनेका प्रतिनिधि हुन्छन् । ४० प्रतिशत ९समानुपातिक० लाई नेपाली जनताले चिन्दैन । जो ४० प्रतिशत सांसदलाई नेपाली जनताले चिन्दैन भने त्यो संविधानको धारा २ बमोजिमको नेपाली जनताको राजकीय सत्ता र सार्वभौम सत्ता हो रु यसै कारणले प्रधानमन्त्रीले के भन्नुभयो भने संविधानको संशोधनमा जानुपर्‍यो,ु भट्टराईको तर्क थियो ।

प्रतिनिधिसभा विघटन गरेर संविधानमा व्यवस्था गरिएको नागरिकतासम्बन्धी व्यवस्था पनि परिमार्जन गर्नका लागि नयाँ संसद् चाहिएको वरिष्ठ अधिवक्ता भट्टराईको भनाइ थियो । प्रधानमन्त्रीलाई नयाँ निर्वाचनमार्फत दुई तिहाइ किन चाहिएको हो भन्ने कुराबारे उनले थपे, ुवंशजको नागरिक नभई राष्ट्रप्रमुख हुन नपाइने संविधानमा व्यवस्था छ । तर भोट त अंगीकृतले पनि दिन पाइन्छ नि १ भोट दिन चाहिँ योग्य हुने, आफै निर्वाचन लड्न चाहिँ अयोग्य हुने ? यसलाई पनि संशोधन गर्नका लागि दुई तिहाइ चाहिएको हो ।ु

त्यस्तै, सरकारले पाठ्यपुस्तकमा नयाँ नक्सा प्रशासन गर्न खोजेको तर प्रतिनिधिसभाले रोकेको पनि उनको तर्क थियो ।

प्रधानमन्त्री शक्तिशाली पद भएको तर्क अगाडि सार्दै संसद् विघटन गर्ने अधिकार दिनुपर्ने पनि वरिष्ठ अधिवक्ता भट्टराईको माग थियो । उनले भने, ुघरमा हात्ती पालेको छ बोकालाई जस्तो घाँस हालेर हात्ती अघाउँदैन, श्रीमान् ।ु

प्रधानमन्त्रीका अर्का निजी कानुन व्यवसायी ईश्वरीप्रसाद भट्टराईले प्रधानमन्त्रीले चाहेको बेला मात्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको तर्क गरे । सत्तारुढ नेकपाका सांसद तथा नेताहरू अनुशासनभन्दा बाहिर गएकाले प्रधानमन्त्री ओली संसद् विघटन गर्न बाध्य भएको उनको तर्क थियो ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार मौन रूपमा दिएको तर्क कानुन व्यवसायी चन्द्रप्रकाश रेग्मीको थियो । संवैधानिक इजलाससँग उनको माग थियो, ुसंविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार मौन रूपमा रहेको छ । सर्वोच्चले आवाज दिनुपर्ने हुन्छ ।ु उनले दुई वर्षपछि प्रधानमन्त्रीले कुनै पनि बेला प्रतिनिधिसभा विघटन गर्नसक्ने व्यवस्था रहेको तर्क गरे ।

अधिवक्ता मुना लामिछानेले भने संविधानमा संसद् विघटनको परिकल्पना गरिएको बताइन् । उनले ुदेश निर्वाचनतर्फ होमिइसकेको, जनता चुनाव चाहन्छ भन्ने कुरा पुष्टि भइसकेकोुले लोकतन्त्रको सुनौलो पक्ष निर्वाचनलाई अदालतले स्वीकृति दिनुपर्ने माग गरिन् ।

वरिष्ठ अधिवक्ता रविनारायण खनालले प्रधानमन्त्री निर्वाचित भएदेखि नै ओलीलाई पाइलैपिच्छे अवरोध आएकाले संसद् विघटन गर्नुपरेको बताए ।

अधिवक्ता अनन्तराज लुइटेलले नेकपाका नेताहरूको जुँगाको लडाइँ अदालतसम्म पुगेको बताए । प्रधानमन्त्रीको कदम सही भएको भन्दै बहस गर्न आएका उनले भने, ुएकपछि अर्को प्रधानमन्त्री बनाउने अवस्था अन्त्य भएर बहुमतको प्रधानमन्त्री आएको अवस्था छ । प्रधानमन्त्रीलाई जंगबहादुर बानाउन खोजिएको होइन । प्रधानमन्त्री शक्तिशाली बनाउन खोजिएको हो ।ु

संसदीय व्यवस्थामा शक्तिहीन प्रधानमन्त्रीको परिकल्पना गर्न नसकिने उनको भनाइ थियो । प्रधानमन्त्रीमा अन्तरनिहीत अधिकार रहेको उनको तर्क थियो । संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीलाई रहेको उनको दाबी थियो । संघीय प्रणालीमा संविधानमा नलेखिएको अधिकार संघमा हुने व्यवस्था भएको र प्रधानमन्त्रीमा पनि प्रतिनिधिसभा विघटन गर्ने नलेखिएको अधिकार अन्तरनिहित भएकाले प्रयोग गरेको उनले बताए ।

वरिष्ठ अधिवक्ता विश्वमणि अधिकारीले भने विभिन्न संवैधानिक आयोगहरूमा प्रधानमन्त्रीले नियुक्त गर्न खोजेको तर नदिइएपछि प्रतिनिधिसभा विघटन गरिएको बताए । उनले पनि संविधान संशोधन र सन्धि सम्झौता पारित गर्नका लागि प्रधानमन्त्रीले नयाँ संसद्को आवश्यकता महसुस गरी प्रतिनिधिसभा विघटन गरेको बताए । उनले नयाँ सरकार बन्ने अवस्था नरहेकाले निर्वाचनमा जाने कुरा सही भएको धारणा राखे । ुप्रधानमन्त्रीले संसदीय व्यवस्थाको खिल्ली उडाउनुभएको होइन । प्रभावकारी संसद् चाहियो भन्नुभएको हो,ु उनले भने ।

अधिवक्ता मुकुन्द अधिकारीले प्रतिनिधिसभा ६ महिना पहिल्यै विघटन भइसक्नुपर्नेमा ढिलाइ भएको बताए । कामै गर्न नसक्ने प्रतिनिधिसभा विघटनमा ढिलाइ भएको उनको भनाइ थियो । एउटा उपसभामुख चयन गर्न नसक्ने प्रतिनिधिसभा विघटन हुनु सही भएको उनको तर्क थियो ।

प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरी आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभाविरुद्ध सर्वोच्च अदालतमा १३ रिट निवेदन परेका थिए । जसमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ । प्रधानमन्त्रीका निजी कानुन व्यवसायीहरूले बहस गर्ने क्रम जारी रहेको छ । इकान्तिपूरबाट

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
प्रचण्डलाई ओलीको व्यंग्य : नेकपा छोरी बुहारी र भाइभतिजाको पार्टी होइन

केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक

February 24, 2021

यो पनी हेर्नुहोस

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
प्रमुख समाचार

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द
अर्थ वाणिज्य

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’
प्रमुख समाचार

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै
प्रमुख समाचार

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
Next Post
तरुण दल गोरखाका अध्यक्ष थापालाई कारबाही

तरुण दल गोरखाका अध्यक्ष थापालाई कारबाही

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
  • कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट
  • के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?
  • नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?
  • केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न, फेस गर्नुहुन्छ : सूर्य थापा
  • प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित