पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

पिसाब फेर्न निस्केकी बालिकामाथि सामूहिक बलात्कार, अभियुक्त भागे भारत

     पानी पधेरो

दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

काठमाडौँ । गएको सोमबार राति ९ बजेतिर मोरङको जहदा गाउँपालिका-१ की १४ वर्षीया बालिका घरको आँगनबाट अपहरणमा परिन्।

अभिभावक र गाउँलेले थाहा पाउनेबित्तिकै उनको खोजी सुरू गरे। निकैबेरपछि भेटिएकी उनी त्यसबेलासम्ममा सामूहिक बलात्कारको शिकार भइसकेकी थिइन्।

‘राति नौ बजेतिर पिसाब लाग्यो भन्दै घर बाहिर निस्केकी छोरी निकैबेरसम्म नफर्केपछि हामी बाहिर निस्क्यौं,’ ती बालिकाका अभिभावकले प्रहरीसँग भनेका छन् ‘बोलाउँदा कतै नभेटेपछि हल्ला गर्‍यौं, गाउँले भेला भए। खोजी गरे पनि भेटिएन। करिब तीन घन्टापछि छोरीलाई घर नजिकै छाडिदिएछन्।’

अभिभावकका अनुसार मोटर साइकलमा आएका दुई जनाले उनलाई आँगनबाटै उठाएर अपहरण शैलीमा लगेका थिए।

अघिल्लो बिहीबार मोरङकै कानेपोखरी २ की १७ वर्षीया किशोरी पनि बलात्कृत भइन्।

दुई साताअघि चिनजान भएका गाउँकै २९ वर्षे प्रेम चौधरी उनलाई भान्जी भन्थे। त्यही क्रममा उनले घरमै बोलाएर बलात्कार गरे। पीडा सहन नसकेर बेहोस अवस्थामा सडक छेउमा लडिरहेकी उनलाई गाउँलेले फेला पारे। कोशी अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आएको छ। पीडक चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

पछिल्लो एक साता भित्रका यी दुई घटनाले देखाउँछन्, प्रदेश १ को अस्थायी राजधानी विराटनगर आसपासका क्षेत्रमा यौनहिंसाका घटना बढेका छन्। मोरङ जिल्ला प्रहरीका प्रवक्ता लोकदर्शन थापाका अनुसार पछिल्लो ६ महिनाभित्र ७१ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटना प्रहरीमा दर्ता भएको मोरङमा पछिल्लो एक साताभित्रै बलात्कारका दुई वटा घटना सार्वजनिक भएका हुन्।

ती दुवै घटनाका पीडित बालिका र किशोरी छिमेक र चिनजानकै व्यक्तिबाट गम्भीर हिंसाको शिकार बनेका छन्। घर परिवार र छिमेकमै बालिका असुरक्षित हुने क्रम बढ्दा चिन्ता बढेको छ।

‘घरकै आँगनमा छोरीचेली सुरक्षित हुन्नन भने कसरी बाँच्न सकिन्छ’, कानेपोखरी घटनाका पीडित किशोरीका अभिभावक भन्छन् ‘यो जंगली युग त हैन होला नि१’

कानेपोखरी घटनाकी पीडित किशोरीले बताए अनुसार दुई साता अघि चिनजान भएका ती मामाले घरमा जानेबित्तिकै खानेकुरा दिएका थिए। उनले खाइन्।

‘त्यसपछि के भयो मलाई केही थाहा भएन’, उनले सुनाइन् ‘मलाई खानेकुरामा बेहोस बनाउने चिज मिसाएर दिएको पछिमात्रै थाहा भयो।’

गाउँलेको अग्रसरताका कारण पीडक तत्कालै पक्राउ परेको यो घटनामा पीडित पक्षले दोषीमाथि कारबाही हुने अपेक्षा गरेको छ।

जहदा घटनाका दुई जना भने फरार छन्। सोमबार दिउँसैदेखि विराटनगरको रानी क्षेत्रमा देखा परेका ती दुई जनाले राति बालिकामाथि बलात्कार गरेका थिए। प्रहरीले दिएको जानकारी अनुसार घटनापछि उनीहरू बाइक छाडेर भारततिर फरार भएका छन्। उनीहरूले प्रयोग गरेको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

जिल्ला मोरङमा यस्ता अपराधका श्रृंखला झन् झन् बढ्दै गएको प्रहरी तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५५ वटा जबरजस्ती करणी र १६ वटा जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएको मोरङ प्रहरीले जनाएको खबर सेतोपाटीमा छ ।

मोरङ प्रहरीको अर्धवार्षिक तथ्याङ्कअनुसार साउनमा १०, भदौमा ११, असोजमा ९, कात्तिकमा १०, मंसिरमा ६ र पुसमा ९ वटा जबरजस्ती करणीका घटनाहरू दर्ता भएका छन्। यस्तै जबरजस्ती करणी उद्योगतर्फ भने साउनमा ३, भदौमा २, असोजमा ६, कात्तिकमा २, मङ्सिरमा १ र पुसमा २ वटा घटना दर्ता भएको छन्।

मोरङ प्रहरीको पछिल्लो ३ वर्षको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा जबरजस्ती करणीका ८० र उद्योगका ४७ वटा, २०७५/०७६ मा पनि करणीका १ सय ७ र उद्योगका ५७ वटा, अघिल्लो आर्थिक वर्षमा करणीका ९२ र उद्योगका ५२ वटा घटनाहरू दर्ता भएका थिए।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
प्रचण्डलाई ओलीको व्यंग्य : नेकपा छोरी बुहारी र भाइभतिजाको पार्टी होइन

केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक

February 24, 2021

यो पनी हेर्नुहोस

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
प्रमुख समाचार

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द
अर्थ वाणिज्य

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’
प्रमुख समाचार

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै
प्रमुख समाचार

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
Next Post
कांग्रेसमा मौलाउँदो गुट : गगन पनि रामचन्द्र तिरै, के गर्लान् देउवा ?

कांग्रेसमा मौलाउँदो गुट : गगन पनि रामचन्द्र तिरै, के गर्लान् देउवा ?

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
  • कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट
  • के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?
  • नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?
  • केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न, फेस गर्नुहुन्छ : सूर्य थापा
  • प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित