काठमाण्डौं । नेपालका बुटिक अनि डिलक्स होटेलले पनि तारे होटेलले जस्तै स्टार वर्गीकरण पाउने भएका छन् । पर्यटन विभागले सबै स्तरका रिर्सोट होटेल र बुटिक होटेलका लागि संकेत चिन्ह निर्धारण गरेको छ ।
अहिले सम्म डिलक्ट र बुटिक होटेलको स्पस्ट मापदण्ड निर्धारण नभएकोले विभागले तारे होटेललाई मात्र स्टार वर्गिकरणमा राखेको थियो ।विभागका अनुसार सबै स्तरका रिर्सोट, तारास्तरका होटेल, सबै स्तरका बुटिक होटेलररिर्सोटले प्रवेशद्धारमा सबैले देख्ने गरी साइनबोर्डमा होटेलको निर्धारित संकेत चिन्ह राख्नु पर्नेछ ।
इनबोर्डको आकार र बनोट भने सम्बन्धित स्थानीय तहले तोकेको अनुसार छनोट गर्न सकिने छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रंगिन निशाना छाप राख्नु पर्ने समेत मापदण्ड तोकेको छ ।निशाना छापको मुनी तोकिएको संख्यामा रहेका रातो रहंका तारा र संकेत जनाउने चिन्ह राख्नुपर्ने भएको छ । त्यसको मुनी कालो रंगको धर्का राखेर त्यसको मुनी होटेलररिर्सोटको नाम राख्नुपर्ने गरी मापदण्ड बनाइएको छ ।
यसबाहेक होटेल संघसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन संघमा आवद्ध भएको हो, आवद्धता रहेको संघको समेत चिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।
पर्यटन विभागका अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटेलको संकेत चिन्ह क्रमशः एकतारा देखि पाँच तारासम्म हुनेछ । उता, पाँचतारा डिलक्स होटेलका लागि पाँचतारा र डिलक्क शब्द राख्नु पर्नेछ ।
यता, साधारण हेरिटेज बुटिक होटेलको न्यूनतम स्तर तीन तारे हुनेछ । जसको संकेत चिन्हमा ‘तीन तारा र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटेलका लागि ‘चारतारा र डिलक्ज हेरिटेज बुटिक’ शब्दले संकेत गरिने भएको छ । लक्जरी हेरिटेज बुटिक होटेलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ ।रिर्सोटतर्फ साधारण रिर्सोटले तीन तारे स्तरको मान्यता पाएको छ । यस्तो रिर्सोटले तीनतारा र स्टाण्डर्ड रिर्सोट शब्द लेखेको संकेत चिन्ह पाएको छ ।डिलक्स रिर्सोटले चारतारा र लक्जरी रिर्सोटले पाँचतारा र लक्जरी रिर्सोट शब्द राखेर आफ्नो रिर्सोटको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ । पर्यटक स्तरका होटेलको संकेत चिन्ह ‘टीएस’ हुनेछ ।साविकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गिकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटेलले गोलाकार भित्र रातो रंगमा (टीएस० लेखेको चिन्हलाई होटेलको संकेत चिन्हका रुपमा प्रयोग गर्नुवपर्ने विभागले जनाएको छ ।
मोटलका लागि भने सरकारले ‘एम’संकेत चिन्ह दिएको छ । गोलाकार रेखा भित्र रातो रंगमा ‘एम’ लेखिएको चिन्ह निर्धारण गरेको छ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटेलले यो चिन्ह प्रयोग गर्नुपर्ने भएको छ ।
‘पर्यटक इन’ स्तरमा वर्गिकरण भई सञ्चालनमा रहेका होटेलले भने ‘आइ’ संकेत चिन्ह प्रयोग गर्नुपर्ने छ । बेड एण्ड ब्रेक फास्टका रुपमा दर्ता भएका होटेलहरुको संकेत चिन्ह गोलाकार घेरा भित्र रातो रंगमा ‘बीएण्डबी’ लेखिएको चिन्हलाई संकेत चिन्हका रुपमा निर्धारण गरिएको छ ।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस