पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन

     पानी पधेरो

पशुपति मन्दिरमा एक  वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो ।

बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । तीनवटै बाहिरी लाइनमा भक्तजनको भीड यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल, दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरीरूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

आवश्यकतानुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन-तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ । बाहिरी तीनै लाइनमा अहिले भक्तजनको भीड लागेको छ । दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, उत्तरतर्फको लाइन गुह्येश्वरी र पश्चिमतिरको लाइन गौशालासम्म पुगेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए ।

मूल मन्दिर प्रवेश गर्न मास्क अनिवार्य

कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाई आउने भक्तजनलाई फर्काइएको जानकारी पनि उनले जानकारी दिए । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि कोषले भक्तजनलाई आह्वान गरेको छ । कोरोना जोखिमका कारण महाशिवरात्रिका अवसरमा पशुपति आउने साधुसन्त विगतमा भन्दा आधा नै घटेको कोषले जनाएको छ । महाशिवरात्रिमा पशुपति आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि नै कोष, गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयलगायत संस्थाले निःशुल्क भोजन, धुनीलगायत व्यवस्था गर्ने प्राचीन परम्परा छ । आज आठ लाख भक्तजनले पशुपति दर्शन गर्ने कोषले अनुमान गरेको छ । रासस

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

April 13, 2021
गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

April 13, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ

April 12, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला

April 11, 2021
काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

कोरोना जोखिम : २१ दिन देशभरका शिक्षण संस्था बन्द गर्न प्रस्ताव, आवातजावतमा कडाई

April 11, 2021

यो पनी हेर्नुहोस

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु
दुर्घटना/अपराध

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

April 13, 2021
गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दुर्घटना/अपराध

गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

April 13, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
प्रमुख समाचार

५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ

April 12, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु
प्रमुख समाचार

माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला

April 11, 2021
Next Post
अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क

अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु
  • गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • ५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ
  • माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला
  • कोरोना जोखिम : २१ दिन देशभरका शिक्षण संस्था बन्द गर्न प्रस्ताव, आवातजावतमा कडाई
  • गोरखाका ४३ कच्ची सडकलाई अस्थायी रुट पर्मिट
  • फेरि बढ्यो बायु प्रदूषण,सतर्क हुन विज्ञकाे सुझाब

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित